विराटनगरमा मंगलबार साँझ बम विष्फोट : ५ पक्राउ

<span class='c1'>विराटनगरमा मंगलबार साँझ बम</span> <span class='c2'>विष्फोट : ५ पक्राउ</span>

विराटनगर, भदौ ९ ।
मोरङ प्रहरीले विराटनगरस्थित भारतीय दुतावासको क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट गराएको आरोपमा पाँचजनालाई आज पक्राउ गरेको छ । हिजो (मंगलबार) साँझ विराटनगरको रानी सडक खण्ड अन्तरगत क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट भएको थियो । प्रहरीले संलग्न आरोपमा एक महिलासहित पाँचजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी निरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरी नियन्त्रणमा पर्नेहरुमा विनय मण्डल, नित्यानन्द मण्डल, प्रकास यादव छन् । उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । यस अगाडी पनि विराटनगर रानी सडक खण्ड अन्तर्गत पर्ने एमएम प्लाष्टिक उद्योगमा लक्षित गरी दुई पटक सुतली वम विष्फोट गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्