थारु आन्दोलनका कार्यक्रम खुकुलो पारिने

<span class='c1'>थारु आन्दोलनका कार्यक्रम</span> <span class='c2'>खुकुलो पारिने</span>

संयुक्त थरुहट मधेस संघर्ष समितिले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि आन्दोलनका कार्यक्रम खुकुलो पारेको छ । संघर्ष समितिले आन्दोलनमा लाठी लिएर नआउन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन समेत दिएको छ । आज बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले मध्यान्ह १२ बजेपछि पूर्वपश्चिम राजमार्गको कोहलपुर क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन चल्न दिने र बजार पनि खोल्न दिने जानकारी दिएको हो ।

आन्दोलन परिचालन समितिका सहसंयोजक विजयकुमार गुप्ताले आन्दोलनलाई मर्यादित बनाएर लैजानें र भोलि देखि कोहलपुर क्षेत्रमा कुनै पनि हालतमा विद्यालय बन्द हुन नदिने बताउनुभयो । अबदेखि पसल, विद्यालय खोल्न दिने, रिक्सा, इलेक्ट्रिक रिक्सा र मोटरसाइकल चल्न दिने बन्दकर्ताले बताएका छन् । माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम भने जारी रहने उनीहरूको भनाइ छ । बन्दकर्ताले यसअघि रिक्सा, मोटरसाइकल लगायतका सवारी साधन ठप्प पारेका थिए । चार पाङ्ग्रे सवारी साधन पनि चल्न दिइएको छैन । बाँकेमा कर्फ्यू र निषेधाज्ञाका कारण शान्तिक्षेत्र घोषित विद्यालयहरु समेत बन्द छन् । कोहलपुर(संयुक्त थरुहट संघर्ष समितिका प्रवक्ता खुलाराम चौधरीले मध्यान्ह १२ बजेपछि पूर्वपश्चिम राजमार्गको कोहलपुर क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन पनि चल्न दिने जानकारी दिनुभएको छ ।

आन्दोलन परिचालन समितिका प्रवक्ता पशुपति दयाल मिश्र र सचिव ललितकुमार रौनियारले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा बालबालिकाहरुलाई नपठाउन अभिभावकहरुलाई आग्रह समेत गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्