लगातारको बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टप्रद बन्दै

<span class='c1'>लगातारको बन्दले जिल्लाको जनजीवन</span> <span class='c2'>अत्यन्तै कष्टप्रद बन्दै</span>

विराटनगर १० भदौ ।
प्रदेशहरुको सिमांकनको विषयलाई लिएर देशका बिभिन्न जिल्लामा विरोध कायमै छ । थरुहट संघर्ष समितिको आन्दोलन १७ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन आज १३ औं दिनमा पुगेको छ । आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका यता मोरङ जिल्ला प्रभावित बनेको छ ।यी जिल्लाको जनजीवन अत्यन्तै कष्टप्रद रहेको छ । राजमार्गमा एस्कर्टिङ गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइए पनि प्रदर्शनकारीले त्यसमा पनि अवरोध पुर्‍याउँदै आएका छन् । नवलपरासीको सदरमुकाम परासी, राजमार्गको सुनवलदेखि बर्दघाटको पञ्चनगरसम्म लगाइएको निषेधाज्ञा आज चौथो दिन पनि जारी छ । आन्दोलनकारीले निषेधाज्ञा जारी गरिएका क्षेत्रबाहिर प्रदर्शन चर्काउँदै आएका छन् ।
जिल्लामा क्रियाशील विभिन्न संघ सस्था र आन्दोलकारीबीच भएको छलफलमा विद्यालय सञ्चालन गर्ने र यातायात तथा वजार किनमेल सहज वनाउने सहमति भए पछि दाङको जनजीवन थप सहज भएको हो । यद्यपी आन्दोलकारीहरुले आफुहरुको शान्तीपुर्ण आन्दोलन भने जारी राखेका छन् । लगातारको बन्दले जनजीवन चौपट भएपछि स्थानीयले बन्दको बिरोधमा जिल्ला जिल्लामा दिनहुँ जसो सद्भाव र्‍यालीसमेत निकालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्