विराटनगरमा पनि निस्कियाे थारूहटकाे लागि र्याली

<span class='c1'>विराटनगरमा पनि निस्कियाे</span> <span class='c2'>थारूहटकाे लागि र्याली</span>

प्रेम देवान

विराटनगर, १० भदौ । थारु कल्याणकारी परिषद मोरङले बिहीबार विराटनगरमा विरोध र्याली प्रर्दशनी गरेको छ ।
८ प्रदेशसहितको थारुहाट राज्य कायम गुर्नपर्ने माग राख्दै विरोध र्याली निकालिएको हो । विराटनगरको तीनपैनी चोकदेखी निकालिएको विरोध र्याली ले नगरको विभिन्न भाग परिक्रामा गरी स्थानिय जनआन्दोलन चोकमा आएर विरोध सभा गरी सम्पन्न भएको थियो ।
थारु कल्याण परिषदले निकालिएको भनिएको र्याली मा मधेशी जनअधिकार फोरम लोकतान्त्रीको कार्यकर्ताहरुको मात्र सहभागिता रहेको थियो । र्याली मा सहभागीहरुले पहिचान सहिमतको संविधान जारी गर, प्रहरी दमन अत्य गर, सेना परिचालन फिर्ता गर, गृहमन्त्री बामदेव गौतमको राजिना दे लगायतको प्लेकाट बोकेका थिए ।
विरोध सभामा बोल्दै थारु कल्याणकारी परिषदको पूर्व केन्द्रीय सदस्य लक्ष्मी कान्त चौधरीले पहिचान विनाको प्रस्तावित ७ प्रदेश सहितको सिमाकन पुन अवलोकन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रीकको मोरङ अध्यक्ष भत्ती माझी, पूर्व सभासद आशा सरदारलगायले बोल्नुभृएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्