सिटी सफारीलाई व्यवस्थित गर्न दर्ता प्रक्रिया शुरु

<span class='c1'>सिटी सफारीलाई व्यवस्थित गर्न</span> <span class='c2'>दर्ता प्रक्रिया शुरु</span>

इटहरी, ११ भदौ । अव्यवस्थित रुपमा रहेका इटहरीका विद्युतीय रिक्सा सिटी सफारीलाई व्यवस्थित गर्न धमाधम दर्ता प्रक्रिया थालिएको छ । लगातारको आन्दोलनपश्चात यातायात व्यवस्था विभागले इटहरीमा २ सय ५० रिक्सालाई दर्ता गर्ने अनुमती दिएसँगै इटहरी उपमहानगरपालिकामा सिफारिसका लागि रिक्साको लाम लागेको छ । यसअघि इटहरीमा १ सय ५० रिक्सालाई मात्र दर्ता अनुमती दिइएको थियो । त्यसपश्चात वातावरणमैत्री रिक्सा भन्दै धेरैले धमाधम सिटी भित्र्याउन थालेपछि अहिले इटहरी नगरभित्र मात्रै ५ सय रिक्सा रहेको स्वतन्त्र यातायात मजदुर संगठन कोशी अञ्चलका अध्यक्ष गौरी लामाले बताउनुभयो । लामाका अनुसार रिक्सा दर्ता प्रक्रियामा ६ महिना अगाडि कुदाइराखेकालाई भन्दा मालिक बनि दशौँ वटा रिक्सा भर्खर किनेकालाई प्राथमिकता दिइएको छ । जसले पहुँच नभएका र लामो समयदेखि रिक्सा कुदाइराखेका मजदुर मारमा परेका छन् । अखिल नेपाल सिटी सफारी मजदुर संघले समेत पटकपटक इटहरी उपमहानगरपालिकामा रिक्सा दर्ताको माग गर्दै धर्ना दिएको थियो । यातायात व्यवस्था कार्यालय कोशी र पूर्वाञ्चल ट्राफिक प्रहरी कार्यालय इटहरीमा समेत दबाब दिएका मजदुरले आफूलाई समस्या नबनाउन र ठेक्का प्रक्रियामा कुदाई मजदुरमाथि मार नपार्न नियमनकारी निकायसँग माग गरेका छन् । दर्ता सिफारिसका लागि शुक्रबार दिनभर उपमहानगरमा सिटी रिक्साको ठूलो भीड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्