लगातार भइरहेकाे बन्दका कारण अाफुहरूले पढ्न नपाएकाे गुनासाे गर्दै शैक्षिक संस्था खुलाइदिने माग गर्दै अाज विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान बिराटनगर ट्राफिक चोकबाट सुरु गरिएको कार्यक्रम अहिले जिल्ला शिक्षा कार्यालय पुगेको छ । "हामीले पढ्न पाउनु पर्छ" "बिद्यालयलाई शान्ति क्षेत्र बनाउनु पर्छ " जस्ता प्ले कार्ड लिएर साना बालबालिका देखी ठुला सम्मले अभियानलाई साथ दिएका छन । शिक्षा कार्यलयमा उनिहरुले पढ्ने कक्षा कोठा जस्तै बसेर कक्षा लिने छन ।