स्कर्टिङमा ३ सय ५० बढी सवारी साधन गन्तव्यसम्म पुर्‍याईयो

स्कर्टिङमा ३ सय ५० बढी सवारी साधन गन्तव्यसम्म पुर्‍याईयो

बिराटनगर, भाद्र १४ गते।

सँयुक्त मधेशी मोर्चा र थरुहट सँघर्ष समितिले गरेको लगातारको बन्दका कारण अलपत्र परेका तीन सय पचास भन्दा बढी सवारी साधनहरुलाई आईतबार सुरक्षा निकायको स्कटिङमा गन्तव्यसम्म पुर्‍याईएको छ।

बन्दका कारण सिरहाको बन्दीपुरमा रोकिएर बसेका यात्रवाहक बस, मालवाहक ट्रक तथा अन्य सवारीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सँयुक्त सुरक्षा फौजले सुरक्षा दिई आईतबार राती गन्तव्यसम्म पुर्‍याईएको हो।

उक्त स्थानमा पश्चिमबाट आएका ५१ वटा बस, ६९ वटा मालवाहक ट्रक तथा १६ वटा साना गाडीहरु रोकिएर बसेका थिए। ती सवारी साधनहरुलाई स्कटिङ गरी पूर्वको, ईटहरी, बिराटनगर, धरान तथा झापा जिल्लासम्म पुर्‍याईएको छ।
त्यस्तै पूर्वबाट पश्चिमतर्फ जाने १०० वटा बस, १०८ वटा ट्रक र १४ वटा साना गाडीहरुलाई समेत सिरहाको बन्दीपुरसम्म लगिएको छ।

सोही क्रममा सप्तरी जिल्लाको रायपुर ८ स्थित पूर्व पश्चिम राजमार्गमा लुकि छिपी बसेका बन्दकर्ताहरुले राजबिराजबाट काठमाण्डौ जादै गरेको बा.२ख ६२३९ नं.को माईक्रो बसमा ढुङा हानेर फरार भएका छन्। ढुङा प्रहारबाट माइक्रोको अगाडीको शिशा फुटेको छ।

तोडफोडमा संलग्न समुहको इलाका प्रहरी कार्यालय रुपनीबाट खोजतलाश तथा अन्य अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्