विराटनगर १४ भदौ ।
सामान्य अवस्थामा रहेकी गर्भवती महिलाको सुत्केरी गराउन अस्पताल ल्याउँदा डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै विराटनगरस्थित नोबेल अस्पतालमा तनाव भएको छ। गत शुक्रबार सुत्केरी गराउन भर्ना गरिएकी उदयपुरको बेल्टारकी कल्पना सुवेदीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाएका हुन्। आफन्तले उनको शव बुझ्न अस्वीकार गरेपछि तनाव भएको हो।