बिराटनगरमा आजको बन्दमा प्रेस माथि पनि हमला

<span class='c1'>बिराटनगरमा आजको बन्दमा प्रेस</span> <span class='c2'>माथि  पनि हमला</span>

प्रेम देवान
बिराटनगर भदौ १४

संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छन् । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छन । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन । यस्तै
विराटनगरको रोडशेष चोकमा मकालु टेलिभिजनको कार तोडफोड गरेका छन् ।
अगाडि पछाडि दुवैतर्फ प्रेस लेखेको बा. १० च ३९३७ नम्वरको कारमा प्रदर्शनकारीको ढुङ्गा प्रहार पछि क्षति पुगेको छ । कारको पछाडि पट्टिको सिसा फुटेको छ ।
कारमा सवार टेलिभिजनका निर्देशक दिपेश सुवेदी विराटनगर–१३ स्थित घरबाट कार्यालय आउदै गर्दा घटना भएको हो । आन्दोलनरत मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले घटनामा आफुहरुको संलग्नता नरहेको बताउनुभयो । यता टेलिभिजनले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको निन्दा र घोर भत्सर्ना गरेको छ ।

विराटनगर –८ शिव मन्दिर चौकमा आज विहान हिमालय टाइम्स राष्ट्रिय दैनिकका पूर्वाञ्चल प्रमुख निर्मल ढुंगानाको प्रेस लेखेर घरबाट कार्यालय आउँदै गरेको को १३ प ९७३ नंम्बरको मोटरसाइकल बन्दकर्ताहरुले तोडफोड गरि आगाडीको साइड लाइट फुटाइदिएका छन् ।

Photo : Udhav Ghimire

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्