बन्दले बिराटनगरका होटेल सुनसान , दुइ अर्ब घाटा

<span class='c1'>बन्दले बिराटनगरका होटेल सुनसान</span> <span class='c2'>, दुइ अर्ब घाटा</span>

बिराटनगर भदौ १५ ,

मदेशी मोर्चाको बन्दका कारण बिराटनगरका होटेललाई दुइ अर्ब भन्दा बढिको घाटा भएको छ । नेपाल होटेल ब्यवसाही संघका केन्द्रिय सद्स्य राजन श्रेष्ठका अनुसार १७ दिन देखिको होटेल बन्दका कारण क्षति भएको हो । बिराटनगरमा जैन धर्मका गुरु आउने भएपछी होटेलको ब्यापार बढ्ने भनिए पनि लगातरको बन्दका कारण धेरै ठुलो क्षति परेको होटेल संचालकहरु बताउछन । होटेल नमस्कार कि संचलिका रिमा श्रेष्ठका अनुसार यस समयमा होटेलहरुमा चतुर्मासले गर्दा होटेल खचाखच हुनु पर्ने भए पनि बन्दले पर्यटक पाउन नै मुस्किल भएको छ । यसले होटेल संचालकहरुलाई मात्रै हैन बिराटनगरलाई नै ज्यादै ठुलो घाटा भएको छ । यो बन्दले होटेल संचालकलाई मात्र नभइ त्यहाँ काम गर्ने कर्मचारीहरुलाई पनि मार परेको छ । बिराटनगरमा हुने चतुर्मासलाई नै केन्द्रीत गरेर पनि बिराटनगरमा होटेल तथा लज सन्चालनमा आएका थिए तर बन्दले ति सबै ब्यवसाइको लगानी खेर गएको छ । बन्दले बिराटनगर मात्रै नभएर भेडेटार , हिलेका होटेललाई पनि प्रभाब पारेको छ । हिले होरिजन माउन्टेन रिसोर्टका संचालक रोशन थापाले बिराटनगर बन्द हुँदा हिले सम्म असर परेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्