प्रेम देवान
भदौ १६ विराटनगर । गत आर्थिक वर्षमा भन्सार नाका भएर ४७ करोड ५७ लाख मुल्य वरावरको फलफुल तथा तरकारी विराटनगर भित्रिएको छ । प्लान्ट क्वारेन्टाइन चेकपोष्ट विराटनगर रानीले दिएको जानकारी अनुसार, आर्थिकवर्ष ०७१–०७२ मा ३१ क।रोड १० लाखको तरकारी तथा १६ करोड ४७ लाखको फलफुल विराटनगर भित्रिएको हो । विराटनगर भन्सार भएर ८७ लाख २५ हजार मेट्रिकटन तरकारी तथा २९ लाख ६६ हजार मेट्रिकटन फलफुल भित्रिएको हो । भन्सार नाकावाट भित्रनुअघि सो कार्यालयले तरकारी, फलफुल स्वच्छ भए नभएको वारे कार्यालयको प्रयोग शालामा लगेर जाच गर्नुपर्ने प्रावधान रहेको कार्यालय प्रमुख गंगाप्रसाद यादवले बताउनुभयो । गत आर्थिकवर्षमा सो नाका भएर फलफुलमा स्याउ, १५ सय ६८ मेट्रिकटन आप ४ सय २४ , अनार ४ सय ८०, कागती ३०५ र अन्य फलफुल १ सय ९७ मेट्रिक टन फलफुल विराटनगर भित्रिएको हो । यसैगरी तरकारीमा आलु ४ हजार ९ सय ४९ मेट्रिक टन , प्याज २ हजार ३ सय १८, परवल ४ सय ५ गोलभेडा ३ सय ४२ , हरियो खुर्सानी ६ सय १० र अन्य तरकारी एकसय मेट्रिकटन विराटनगर भित्रिएको कार्यालय प्र्रमुख यादवले बताउनुभयो ।