बन्दको नाममा रकम असुली गर्ने पक्राउ

<span class='c1'>बन्दको नाममा रकम</span> <span class='c2'>असुली गर्ने पक्राउ</span>

 

विराटनगर १६ भदौ ।

दलहरुले आह्वान गरेको अनिश्चितकालिन बन्दलाई सहयोग गर्ने नाममा बन्द उल्लंघन गरेको भन्दै मोटरसाइकल चालकसँग पैसा असुल्न खोज्ने पाँच जनालाई प्रहरीले  विराटनगर १३ शान्तिचोकबाट पक्राउ गरेको छ । बन्दको समयमा मोटरसाइकल चलाएर बन्द उल्लंघन गरेको बहाना बनाउँदै मोटरसाइकल चालकसँग पैसा असुल्दै गर्दा उनीहरुलाई पक्राउ गरिउसको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा विराटनगर १४ का २२ वर्षीय साहिर खान, विराटनगर १३ का २२ वर्षीय सुमन मण्डल, २४ वर्षीय राजन यादव, ३२ वर्षीय विन्देश्वर यादव र विराटनगर १८ का दारुपलाल यादव रहेको डिएसपी खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्