जिवनमा खुसी हुन के चाहिन्छ ?

जिवनमा खुसी हुन के चाहिन्छ  ?

विराटनगरकाे विभिन्न गल्रलीहरूमा रूद्राक्षकाे माला अनि भारी बाेकेर हिडिरहने यि हुन् पिताम्बर बस्नेत । भाेजपुर, केउरानी पानीबाट बिगत २० वर्ष देखि विराटनगरमा रूद्राक्ष बेच्न अाउने गरेकाे बताउछन् यिनि । ५० वर्ष उमेर काटेका यिनि भन्छन् विराटनगर पहिले देखि नै उस्तै देख्छु । घरमा अामा बुवा हुनु हुन्छ , भाइ काठमाडाैंमा छ । कतिले हेप्न खाेज्छन् , कतिले ठग्न खाेज्छन् तर मलाइ कसैकाे वास्ता लाग्दैन ,म मेराे काममा सन्तुष्ट छु । कुनै दिन भरी त्यस्सै डुल्नु पर्छ कुनै दिन केहि व्यापार भइ हाल्छ । साह्राे गाह्राे बाँचेकै छु । तर जति नै गाह्राे भए पनि राम्राे र सक्कली रूद्राक्ष मात्र बेच्ने गरेकाे छु । यतिका वर्ष रूद्राक्षसँग जाेडिदा यिनले यसबारे थुप्रै जानकारी बटुलिसकेका छन् ।

यिनिसँगकाे केहि बेरकाे कुराकानीमा लाग्थ्याे जीवन सबै कुरा हुनु मात्र हाेइन । अाफु सन्तुष्ट हुन सक्ने कार्य गर्नु अनि अाफ्नाे कार्यमा सन्तुष्टि भेट्नु मै धेरै व्यक्ति खुसी हुन सक्छन् । यिनि खुसी छन् , कसैसँग गुनासाे छैन । यिनलाइ कतै देख्नु भयाे भने हाँसी दिनुहाेस् , बाेलि दिनु हाेस् , सँगै चिया खाँदा पनि हाम्राे जिवनकाे कति नै समय खेर जान्छ हाेला र ? । तपाइ धार्मिक भावकाे हुनु हुन्छ भने रूद्राक्ष नै किन्र पनि सकिन्छ नि , के थाहा त्याे दिन यिनकाे एक मात्र ग्राहक तपाइ हाे कि ?

त्यसाे गर्नु भयाे भने हामीलाइ पनि लेख्नु हाेला , हामी खुसी बाँड्रने छाैं ।

rudrakxhya byapari pitambar basnet our biratnagar

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्