विराटनगर। लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको अस्थायी प्रहरी पोष्ट कोठुबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले वैशाख १० गते उदयपुरको बेलका नगरपालिका-८ स्थितबाट प्र.०१-००१ ह १८८१ नम्बरको अटोबाट २७ किलोग्राम गाँजा सहित चालक बेलका नगरपालिका-८ का अशोक राईलाई पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१५ स्थितबाट निट्राजेपाम ९० ट्याब्लेट सहित मोरङ सुन्दरहरैचा-२ का २० वर्षीय सुदिप उराउलाई पक्राउ गरको छ भने इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले उर्लावारी-९ का बल बहादुर श्रेष्ठको घरबाट बिभिन्न प्रकारका लागू औषध क्याप्सुल १४० र ४८५ ट्याब्लेट बरामद गरी थप अनुसन्धान गरी रहेको छ ।