बिराटनगरमा झडप

बिराटनगरमा झडप

विराटनगर भदौ १७

हिजो साझ विराटनगरको केशलिया रोडमा प्रदर्शनकारी र प्रहरीबीच बुधबार साँझ झडप भएको छ । प्रदर्शनकारीले केसलिया रोडमा बालेको टायर निभाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो ।  प्रदर्शनकारीले घरको छतबाट लुकेर प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त भएको थियो । प्रहरीले ढुङ्गा प्रहार गर्ने चारजना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । प्रदर्शनकारीले हानेका इँटाका टुक्रा र ढुङ्गाले केसलिया रोड भरिएको छ । झडपमा केहि राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै प्रहरीलाइ अाक्रमण गर्ने ६  अान्दाेलनकारीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्