कटहरी गाविसको कार्यालयमा तालाबन्दी

<span class='c1'>कटहरी गाविसको</span> <span class='c2'>कार्यालयमा तालाबन्दी</span>

बिराटनगर भदौ १७

मधेसी मोर्चाका कार्यकर्ताहरुले बुधबार मोरङको कटहरी गाविसको कार्यालयमा तालाबन्दी गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले गाविस कार्यालयमा कार्यरत कर्मचारीलाई बाहिर निकालेर गाविसको कार्यालयका कोठाहरुमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कटहरीस्थित सहिदचोकमा भएको कोणसभामा बोल्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका मोरङ संयोजक श्रीराम कामत र संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य राधे कामतले सरकारले शान्तिपूर्ण आन्दोलमा दमन गरेर आन्दोलनकारीलाई उत्तेजित गर्ने काम गरेको आरोप लगाउनुभयो । यस्तै संघीय समाजबादी पार्टीका मोरङ जिल्ला सदस्य नारायण कार्कीले मधेस आन्दोलनको क्रममा भएका सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो । यसैबीच मोर्चाका कार्यकर्ताले कटहरीचोकमा बा १२ प ६९२३ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । उनीहरुले अन्य तीनवटा मोटरसाइकलमा समेत तोडफोड भएको स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्