एउटा संगठनमा आबद्ध पत्रकारलाई मात्रै समावेश गरेको भन्दै युनियनको ध्यानाकर्षण

<span class='c1'>एउटा संगठनमा आबद्ध पत्रकारलाई मात्रै समावेश</span> <span class='c2'>गरेको भन्दै  युनियनको ध्यानाकर्षण</span>

 

विराटनगर, १८ भदौ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित प्रचार समितिप्रति प्रेस युनियन पूर्वाञ्चल समिति र मोरङ जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ ।
समितिमा कुनै एउटा संगठनमा आबद्ध पत्रकारलाई मात्रै समावेश गरेको भन्दै युनियनले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । नवगठित समितिलाई तत्काल विघटन गरी सबैलाई समेटेर समिति गठन गर्नसमेत युनियनले माग गरेको छ । पूर्वाञ्चलका सञ्चारकर्मीहरुको प्रतिनिधिमूलक सहभागिता नगराई एकतर्फी रुपमा समिति गठन गरिएको युनियनको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
“मधेसी, जनजाति, आदिवासी, महिला कसैलाई पनि समावेश नगरी तथा विविध विचार र संगठनमा आबद्ध सञ्चारकर्मीहरुलाई संलग्न नगरी एकपक्षीय, एकलौटी र मनोमानी ढंगमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ,” युनियनका पूर्वाञ्चल संयोजक लीलावल्लभ घिमिरे र मोरङ अध्यक्ष मीनकुमार नवोदितले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, “यसप्रति नेपाल प्रेस युनियनमा आबद्ध सम्पूर्ण सञ्चारकर्मीहरु मानवीय मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउँदै विरोध र आपत्ति प्रकट गर्दछौं ।” विभिन्न खेलका प्रतियोगिता हुने जिल्लाका युनियनबाट निर्वाचित पत्रकार महासंघका अध्यक्षसमेतलाई नराख्नुले समिति पूर्वाग्रही र एकतर्फीरुपमा गठन गरिएको युनियनका पूर्वाञ्चल संयोजक लीलावल्लभ घिमिरेले बताए ।
सहमति, सहकार्य र एकतालाई मूल मन्त्र बनाइएको राष्ट्रिय परिपेक्षमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सञ्चारकर्मीहरुको एउटा विशेष संगठनलाई मात्र प्राथमिकता दिइएको युनियनको भनाइ छ । आगामी दिनमा गठन गरिने समिति र उपसमितिमा पनि एकलौटी र मनोमानीशैली नअपनाउन युनियनले ध्यानार्षण गराएको छ ।
मन्त्री पौडेलले ध्याकर्षणपत्र बुभ्mदै सबैको सहयोग र सहभागिताले मात्रै प्रतियोगिता सम्पन्न हुने भएकाले युनियनको माग सम्बोधन गर्ने बताए । “प्रतियोगिता सबैको सहयोग र सहभागिताले मात्रै सफल हुन्छ,” उनले भने, “यदि कमजोरी भएको रहेछ भने सम्बन्धित निकायलाई सच्याउन निर्देशन दिन्छु ।”
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा विराटनगरसहित पूर्वका विभिन्न क्षेत्रमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्