बिराटनगरमा रथयात्रा भोली

<span class='c1'>बिराटनगरमा रथयात्रा</span> <span class='c2'>भोली</span>

बिराटनगर भदौ १९ ,
श्री कृष्ण जन्माष्टमीको भोली पल्ट श्री राधाकृष्ण मन्दिर विराटनगर-१ बाट आयोजना गरिने श्री राधाकृष्ण रथयात्रा समारोह भोली अर्थत भदौ २० गते हुँदैछ। हरेक बर्ष आयोजना गरिने यस रथयात्रामा नेपालबाट मात्रै नभएर भारत र अन्य मुलुकबाट पनि भक्तजन आउने गर्द्छन । यस पटकको रथयात्रा  ४८ औं रथयात्रा हो । दक्षिण एसियाकै दोस्रो ठूलो मानिने रथयात्रामा नेपाल र भारतका गरी पाँच लाखको हाराहारीमा भक्तजनहरु सहभागी हुने अनुमान गरिएको छ । भगवान श्रीकृष्ण विराजमान रथको उचाई १८ फिट ४ ईन्च चौडाई ११ फिट २ ईन्च र लम्बाई १४ फिट रहेको छ ।रथको बाहिरी भागमा सुनौलो र भित्री भागमा सेतो रंग लगाइएकोछ । रथका पाग्राहरु ३ फिट ४ ईन्च गोलाइका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्