श्रीकृष्णको जन्म भएको सम्झना पर्व भव्यरुपमा मनाईंदै

श्रीकृष्णको जन्म भएको सम्झना पर्व भव्यरुपमा मनाईंदै

 

प्रेम देवान

विराटनगर १९ भदौ । आज भाद्र कृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको सम्झना यो पर्व भव्यरुपमा मनाईंदै छ । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । आजको दिन मानिसहरु व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने चलन छ ।

यता विराटनगरमा पनि कृष्ण जन्माष्टमीको अबसरमा विराटनगरका विभिन्न स्थानमा कृष्ण भगवानको मुर्ति बनाई पुजा आजा गरी रातभर जागराम बस्ने गर्दछन् । पछिल्लो समयमा विराटनगर हरेक चोक र स्थानमा कृष्ण भगवानको पन्डाल बनाई रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँने गरेको पाईन्छ । यसैविच विराटनगरमा भोली भगवान राधाकृष्णको शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रुपमा मनाईदै आईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्