बन्दका कारण उद्योगका कामदारलाई तलब खुवाउन समस्या

बन्दका कारण उद्योगका कामदारलाई तलब खुवाउन समस्या

 

विराटनगर १९ भदौ ।
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तीन सातादेखिको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुमा कार्यरत कामदारलाई तलब खुवाउन समस्या भएको छ । उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योग धन्दा सञ्चालन गर्न नपाएकाले कामदारलाई तलब खुवाउन समस्या भएको हो ।
उद्योगधन्दा बन्द हुँदा कारोबार ठप्प भएको र कामदारलाई तलब खुवाउन समस्या भएको उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले बताउनुभयो । भारतबाट आयात गरिएको वस्तुहरू यातायात बन्दले गर्दा भन्सार नाकामै थन्किएर बसेकाले मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगहरू ठप्प भएका छन् । करिडोरमा करिब पाँच सय उद्योग सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्