यातायात बन्दका कारण यसपालिको रथयात्रामा जनसहभागीताको कम उपस्थित

यातायात बन्दका कारण यसपालिको रथयात्रामा जनसहभागीताको कम उपस्थित

प्रेम देवान
विराटनगर २० भदौ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने गरिन्छ । तर तिनहप्ता भन्दा लामो बन्द र यातायात बन्दका कारण यसपालिको रथयात्रामा जनसहभागीताको कम उपस्थित देखिएको हाम्रा आवर विराटनगर सहकर्मीहरुले रथ यात्राको स्थलबाट नै जानकारी दिएका छन् ।
विक्रम सम्बत १९८८ सालमा खटयात्राकोरुपमा सुरु भएको श्रीराधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरीको रथयात्रा पछि एशियाकै दोश्रो ठूलो रथयात्राकोरुपमा चिनिन्छ । संघीय समाजवादीफोरम , लिम्बुवान, थारुवान लगायतका दलहरुले निरन्तर रुपमा गरेको बन्दका कारण सर्वसाधारणहरुको उपस्थितीमा कमी आएको सहभागीहरुले आवर विराटनगर संग कुराकानी गरेका छन् । रथयात्राको लागी हिजो र आज बन्द खुकुलो बनाए पनि लामो तथा छोटो दुरीका सवारीका साधन चल्न नसक्दा मोरङ जिल्लाका आसपासका गाविस, छिमेकी जिल्ला झापा, सुनसरी लगायत भारतका विभिन्न ठाउबाट रथयात्रा हेर्न आउने सर्वसाधारण आउन नसकेको देखिएको छ ।
गत बर्षहरुको भन्दा यस पटकको रथयात्रामा आधा नै मानिसको कमी भएको लगातार रुपमा रथयात्रा हेर्दै आउनु भएका विराटनगरका १७ का सिता कार्कीको भनाई छ । यस्तै लामो बन्दका कारण सर्वसाधारणमा छाएको डर र त्रासका कारण विराटनगरकै स्थानीयहरु पनि नआएको अर्का विराटनगर १५ का सरोज बस्नेतको भनाई छ । यस्तै बन्दका कारण नै सधैको तुलनामा सर्वसाधारणको उपस्थितीमा कमी आएको अर्की विराटनगर १७ की स्थानीयवासी सुजता राईको भनाई छ । यता श्रीकृष्ण रथयात्रा व्यवस्थापन समारोह समितिका सचिव ओम निरौला मानिसहरुमा रहेको भयका कारण र बन्दकर्ताले यातायातका साधन चल्न नदिदा भक्तजनहरुको उपस्थिीमा कमी आएको बताउनु हुन्छ ।
श्रीकृष्ण रथयात्रा व्यवस्थापन समारोह समितिका सल्लाहकार श्याम पौडेलले बन्दकर्ताहरुको डर, त्रास र भयका कारण भक्तजनहरुको उपस्थितीमा कमी आएको जानकारी दिदै सबै नेपालीको साझा संस्कृतिमा आच आउने यस्ता कार्य आफैमा घृणित भएको बताउनु भयो । उहाले बन्दले गर्दा नै उपस्थितीमा कमी आएको दाबी गर्नुभयो । आफ्ना राजनीतिक मागहरु पुरा गर्ने नाममा गरिने बन्दले कसैको हित गर्दैन । तसर्थ बन्दको विकल्प खोजी यस्ता चाडपर्वहरुलाई सहज ढंगले मनाउने वातावरणको सिर्जना गर्न सरोकारवाला सबैको ध्यान जानु जरुरी देखीन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्