गत बर्षको भन्दा चाडो हिडदै रथ यात्रा

गत बर्षको भन्दा चाडो हिडदै रथ यात्रा

प्रेम देवान
विराटनगर २० भदौ । दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राको रुपमा लिने विराटनगरको ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको आज विराटनगरको तिन पैनीबाट निस्केर यतिखेर विराटनगरको विभिन्न स्थानको परीक्रमा गरी विराटनगको धरान रोडमा छ । यस पटकको रथयात्रा ८४ औं रथयात्रा हो जुन दक्षिण एसियाकै दोस्रो ठूलो मानिने रथयात्रा हो । भगवान श्रीकृष्ण विराजमान रथको उचाई १८ फिट ४ ईन्च चौडाई ११ फिट २ ईन्च र लम्बाई १४ फिट रहेको छ । रथको बाहिरी भागमा सुनौलो र भित्री भागमा सेतो रंग लगाइएकोछ । रथका पाग्राहरु ३ फिट ४ ईन्च गोलाइ रहेको सो समितीका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिनुभयो ।
भारतको जगन्नाथपुरीको रथयात्रापछि भव्य रुपमा हुने विराटनगरको श्रीराधाकृष्णको रथयात्रामा विराटनगरलगायत पूर्वी नेपालका जिल्लासहित सीमावर्ती भारतीय क्षेत्रका लाखौंको ंसंख्यामा दश्रालुहश्ररुले सहभागिता आज जनाउने भएता पनि केही कमी आएको भने पकै देखीएको छ । आज अपरान्ह तीन बजेबाट निस्कीीएको भगवान श्रीराधाकृष्णको युगलजोडीलाई रथारोहण गराई विराटनगर बजार परिक्रमा गराईदै गरेका अन्य बर्षहरु भन्दा केही मात्रामा चाडो हिडाईरहेका छन् ।
रथयात्राका क्रममा ४४ स्थानमांं रथ विश्राम गरि पुन राधाकृष्ण मन्दिरमा लगेर टुङगाईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्