विराटनगरस्थित कवर्डहलमा रहेको खेलकुदका सामग्री गायव भएपछी……

विराटनगरस्थित कवर्डहलमा रहेको खेलकुदका सामग्री गायव भएपछी……

विराटनगर, २१ भदौ । विराटनगरस्थित कवर्डहलमा रहेको खेलकुदका सामग्री गायव पारिएको छ । भेट्रान खेलाडीको एक समूहले सोमबार बिहान बिना जानकारी कवर्डहलका सामग्री लगेको जिल्ला खेलकुद समिति मोरङले जनाएको छ । केही दिनअघि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले कवर्डहल खेलाडीका लागि मात्र उपलब्ध गराउन ठाडो निर्देशन दिएपछि भेट्रान खेलाडीहरु आक्रोशित भएका थिए । उनीहरुले त्यहाँस्थित विद्युतीय चिम, कुर्सी तथा ब्याटमिन्टनको नेट, नेट राख्ने पाइप बिना जानकारी लगेका छन् । सो क्रममा कवर्डहलको विद्युतीय वायरिङमा पनि क्षति पुगेको छ । यसैबीच, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले दुई दिनभित्र घटनाका विषयमा जिल्लासँग जानकारी लिने बताए । त्यसैगरी समितिका कार्यालय प्रमुख लवभक्त श्रेष्ठले भने सामान जसले लग्यो उसैको भएकाले कुनै ठूलो विषय नभएको तर्क गरे । अर्कोतर्फ कवर्डहलको जिम्मेवारी पाएको जिल्ला खेलकुद विकास समिति मोरङले पनि उक्त विषयमा आफूलाई जानकारी नभएको बताएको छ । सामान्यता, कवर्डहलभित्र सम्बन्धित निकायको अनुमतिबेगर खेल्न र त्यहाँ भएका सामग्री कसैले पनि प्रयोग गर्न पाउँदैनन् । तर सम्बन्धित निकायको लापरबाहीकै कारण कवर्डहलमा उक्त घटना घटेको जानकारहरुको भनाइ छ ।  सामान एकाएक गायव पारिएपछि त्यहाँ हुने खेलहरुसमेत प्रभावित भएका छन् । यसअघि, सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजकको विराटनगरको समिति बैठकपश्चात खेलकुदमन्त्री पौडेलले हलमा खेलाडीलाई मात्रै अभ्यास गर्न निर्देशन दिएका थिए ।

-Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्