प्रहरीको स्कर्टिङमा सवारी गन्तव्यसम्म

प्रहरीको स्कर्टिङमा सवारी गन्तव्यसम्म

बिराटनगर, भाद्र २२

सँयुक्त मधेशी मोर्चा र थरुहट सँघर्ष समितिले गरेको लगातारको बन्दका कारण रोकिएर बसेका पाँच सय बढी सवारी साधनहरुलाई सोमबार सुरक्षा निकायको स्कटिङ गरी गन्तव्यसम्म पुर्‍याएको छ।

बन्दका कारण सिरहाको बन्दीपुर तथा बिराटनगर भन्सार कार्यालयमा रोकिएर बसेका यात्रुवाहक बस, मालवाहक ट्रक, कन्टेनर, तथा अन्य सवारी साधनहरुलाई प्रहरीको स्कर्टिङमा सोमबार राती गन्तव्यसम्म पुर्‍याईएको हो।
स्कर्टिंङकाक्रममा सोमबार राती १८३ वटा बस, १९३ वटा मालवाहक ट्रक, १२६ वटा कन्टेनर र ४६ वटा साना गाडीहरुलाई पूर्वको ईटहरी, बिराटनगर, धरान तथा झापा जिल्लाका बिभिन्न स्थानसम्म पुर्‍याईएको थियो।

सोही क्रममा बन्दकर्ताहरुले मोरङ जिल्लाको बिराटनगर १७ स्थित मलाया रोडमा सोमबार राती एक ट्रकमा आगजनी गरेका छन्। बिराटनगर भन्सार कार्यालयबाट सवारी स्कर्टिङ गर्नेक्रमाम चक्का पम्चर भई रोकिएको WB-73-B-3984 नम्बरको ट्रकमा बन्दकर्ताहरुले आगजनी गरी फरार भएका छन्।

ट्रकमा लागेको आगो सि.आर.भि जतुवाबाट प्रहरी खटिगई नियन्त्रण गरिएको थियो। आगजनीबाट ट्रकको त्रिपाल जलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्