सामाजिक सद्भावकालागी आरोहण गुरुकुल विराटनगरले नाटक गर्ने

<span class='c1'>सामाजिक सद्भावकालागी आरोहण गुरुकुल</span> <span class='c2'>विराटनगरले नाटक गर्ने</span>

 

विराटनगर २२ भदौ । सामाजिक सद्भावकालागी विराटनगरमा विहिबार विशेष नाटक प्रदर्शन गरीने भएको छ । आरोहण गुरुकुल विराटनगरले हाटखोला स्थित शुशिला कोईराला नाटकघरमा देशको वर्तमान अवस्थाको ज्वलन्त उदाहरणको रुपमा “आब कोना चलव ?” नाटक प्रदर्शन गर्न लागेको हो । देशमा भड्रिहेको सामाजिक द्धेषलाई लक्षित गर्दैै सामाजिक सद्भाव फैलाउने उद्धेश्यले नाटक मंञ्चन गर्न लागीएको रंगकर्मी तथा नाटकका निर्देशक रामभजन कामतले बताउनुभयो । बिहिबार दिउँसो २ बजे मंञ्चन गरीने नाटक हेर्नकालागी विभिन्न राजनैतिक दलका नेता सँगै पत्रकार, बुद्धिजिवीहरु, सुरक्षा निकायका प्रतिनिधी, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरु समेतलाई निम्तो गरीएको छ ।

मिलेर बसेका मधेशी र पहाडी समुदायका विचमा आउने वैमनाश्यता र यसको समाधानलाई नाटकमा रोमाञ्चक तरिकाले प्रस्तुत गरीएको रंगकर्मि तथा कलाकार मिलन नेपालीले बताउनुभयो । कुनै समुह विशेषको व्यक्तिगत स्वार्थका कारण उत्पन्न साम्प्रदायिक द्धन्द्धले ल्याएको परिणाम र दुई समुदाय विचको पुनः मिलनलाई नाटकमा कलात्मक ढंगले देखाईएको छ । व्यक्तिगत स्वार्थका कारणले नै विभाजन हुन लागेका हामीेले त्यसलाई त्यागेमा भाईचाराको वातावरण सृजना हुन्छ भन्ने सन्देश नाटकले दिएको छ ।

१ घण्टा लामो नाटकमा रामभजन कामत, मिलन नेपाली, सुनिता घिमिरे, जय प्रकास मेहता , सुवास खतिवडा, भरत कार्कि, विकास पराजुली, गिता कोईराला, राजेश ठाकुर, सुजन बस्नेत, अंकिता विश्वास, दिव्या श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । नाटकको प्रकाश परिचालक सागर विश्वास हुन भने ध्वनी परिचालन अशोक गौतमले गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्