प्रर्दशनकारीद्धारा विराटनगरमा ट्रक र मोटर साईकलमा आगजनी

<span class='c1'>प्रर्दशनकारीद्धारा विराटनगरमा ट्रक र</span> <span class='c2'>मोटर साईकलमा आगजनी</span>

प्रेम देवान
विराटनगर २३ । मधेसी मोर्चाका कार्यकर्ताले बिराटनगरमा आज एक ट्रक र मोटर साईकलमा आगजनी गर्नुका साथै एक मोटर साईकल तोडफोड गरेका छन् ।
विराटनगरको रानीमा भएको प्रदर्शनको समाचार संकलन गर्न गएका सञ्चारकर्मी नविन कर्ण सवार मोटरसाइकल आन्दोलनकारीले जलाएका छन् । कर्ण सवार को. ८ प २२३९ नम्बरको मोटरसाइकललाई आन्दोलनकारीले टायर जलिरहेको ठाउँमा लगेर जलाइदिएको पत्रकार नविन कर्णले आवरविराटनगरलाई जानकारी दिनुभयो । स्थानीय मकालु टेलिभिजनमा कार्यरत कर्णलाई उनीहरुले उल्टो समाचार प्रसारण गरेको भन्दै मोटरसाइकलमा आगजनी गरेको कर्णले बताउनुभयो । यसैक्रम गोरखापत्रका विराटनगर सम्वाददाता जीतेन्द्र ठाकुर पनि घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको इटाले लागेर उनी घाइते भएको रानी प्रहरीले जनाएको छ ।
पत्रकारमाथि भएको दुव्र्यवहारका विषयमा नेपाल पत्रकार महासंघमा अहिले छलफल भइरहेको छ । यता विराटनगरको रोडशेष चोक चोकमा बन्दकर्ताद्धारा को १२ प १०८८ नम्बरको मोटर साईकल समेत तोडफोड गरेका छन् । अहिले सो स्थानमा बन्दकर्ताहरुले साईकलमा हिडीरहेका सर्वसाधरणलाई समेत उतारेर हिड्न बाध्य पारेका छन् ।
यसैविच केही समय अगाडी प्रर्दशनकारीले विराटनगर १७ स्थित नेशनल ट्रेनिङ्ग भित्र प्रवेश गरी एउटा ट्रकमा आगजनी गरेका छन् । सो क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेका छन् । हाल सो स्थान शान्त रहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्