एम्बुलेन्स नचलाउने निर्णय

<span class='c1'>एम्बुलेन्स नचलाउने</span> <span class='c2'>निर्णय</span>

विराटनगर, २ ४ भदौ ।

एम्बुलेन्समाथि तोडफोड हुन थालेपछि मोरङ एम्बुलेन्स चालक संघले रंगेली सडकखण्डमा एम्बुलेन्स नचलाउन सम्पूर्ण संघका चालकहरुलाई आग्रह गरेको छ । बन्दकर्ताहरुले एम्बुलेन्समाथि तोडफोड र चालकहरुलाई दुव्र्यवहार गर्न थालेपछि उनीहरुले रंगेली सडकखण्डमा एम्बुलेन्स नचलाउने निर्णय गरेको बताएका छन् । कटहरी, कर्सिया, रंगेली र दर्वेशालगायतका स्थानमा जाँदा आन्दोलनकारीहरुले चालकमाथि दुव्र्यवहार गरेका कारण असुरक्षित महसुस गरी त्यसक्षेत्रमा एम्बुलेन्स नचलाउने निर्णय गरेको मोरङ एम्बुलेन्स चालक संघका सचिव चन्द्र पराजुलीले बताउनुभयो । यस्तै उनीहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनवाई नभएकाले समस्या भएको गुनासो गरेका छन् । मोरङ जिल्लामा १ सय २५ वटा एम्बुलेन्स संचालनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्