बन्दको मारमा परेका स्कुले बालबालिका चित्रकलामा

<span class='c1'>बन्दको मारमा परेका</span> <span class='c2'>स्कुले बालबालिका चित्रकलामा</span>

प्रेम देवान

विराटनगर २४ भदौ । विराटनगर १५ का उत्साही युवाहरुको सक्रियतामा आज विराटनगरमा बालबालिकाहरुका लागि चित्रकला प्रदर्शनीको आयोजना गरिएको छ । सो बालचित्रकला प्रदर्शनीमा कक्षा ३ देखि कक्षा १० सम्म ५० जना बालबालिकाकोसहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सगरमाथा बोर्डिङ स्कुलका कक्षा ६ का सिर्जल थापा प्रथम, विकेभिएमका कक्षा ३ कि साक्षी बञ्जरा दोस्रो र विकेभिएमकै कक्षा ७ का प्रनिस राई तृतीय भएका थिए । तेजश्वीराज कोइरालाको संयोजनमा भएको सो कार्यक्रममा अभिभावक संघका अध्यक्ष देवी पन्थीले पुरस्कार वितरण गर्नुभएको थियो । बालबालिकाका निम्ति विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित कार्यक्रम सम्पन्न भएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक भावना पैदा हुने भन्दै बालबालिकाहरुलाई सकारात्मक भावना अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको संयोजक तेजश्वीराज कोइरालाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्