मोरङमा एघार दलले सयुक्त रुपमा आन्दोलनमा उत्रने

<span class='c1'>मोरङमा एघार दलले सयुक्त</span> <span class='c2'>रुपमा आन्दोलनमा उत्रने</span>

प्रेम देवान

विराटनगर २४ भदौ ।

संघिय सिमाङकन लगायतको बिरोध गर्दै आएको मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रीकको नेतृत्वमा मोरङमा एघारबटा दल तथा सस्थाले सयुत्त रुपमा आन्दोलनमा उत्रने भएका छन । उनिहरुले आज बैठक बसी संयुत्त रुपमा संघीय समाबेशी मोर्चा मोरङ गठन गरेर संगै आन्दोलन गर्ने सहमति गरेका हुन । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रीकका जिल्ला अध्यक्ष भक्तिनाथ माझी को संयोजकत्वमा संघीय समाबेशी मोर्चा मोरङको गठन गरीएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा संयोजक माझीले आन्दोलनलाई अझ शसत्त र प्रभाकारी बनाउन एघार दल एक भएको बताउनुभयो । मोर्चामा फोरम लोकतान्त्रीक, फोरम गणतान्त्रीक, राष्ट्रिय मधेश समाजबादी पार्टी, नेपाल सद्भावना पार्टी, नेकपा माओवादी, थरुहट तराई पार्टी, जनतान्त्रीक तराई मधेश मुक्ति टाइगर्स, थारु कल्याणकारी सभा, कोचिला संघर्ष समिति , राष्ट्रिय जनता दल नेपाल, मधेशी जनता दल समाजबादी रहेको जानकारी दिइएको छ । संयोजक माझीले बन्द लगायतका आफ्ना कार्यक्रमहरु जारी रहेको जानकार िदिदै आजै अरु आन्दोलनका कार्यक्रमहरु तय गरीने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्