जतुवामा झडप १२ आसु ग्यास प्रहार

<span class='c1'>जतुवामा झडप १२</span> <span class='c2'>आसु ग्यास प्रहार</span>

विराटनगर २४ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज दिउसो विराटनगरको जतुवामा झडप भएको छ । बन्द सफल बनाउन मोर्चाका कार्यकर्ताले नारा जुलुस गरीरहेको समयमा प्रहरी आएर हस्तक्षेप गरेपछि झडप भएको संघीय समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले जानकारी दिए । यादवका अनुसार झडपका क्रममा प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले भने एक जनालाई मात्र पक्राउ गरेको जनाएको छ । प्रहरीले सुन्दर यादव र कुन्दन यादवलाई पक्राउ गरेको जानकारी यादवले दिए । बुधबार विराटनगरका विभिन्न स्थानमा भएका झडपमा पक्राउ परेका २० जना मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले अझै नछाडेको यादवले बताए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोदकुमार खरेलले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए । पक्राउ मोर्चाका कार्यकर्ताहरु तोडफोड र आगजनीमा संलग्न रहेको पाइएमा मुद्धा दर्ता गरी कारवाही अघि बढाइने खरेलले बताए । यसैविच विराटगर १८ स्थित मधेशी मोर्चाका कार्यकर्ताहरुले जुलुस निकाल्ने क्रममा प्रहरीले १२ सेल आशुग्यास प्रहार गरेको छ । जतुवा गौसला चोक भित्री स्थानबाट जुलुस निकाल्न लागेको थाहा पाए पछी करीब डेढ सयको संख्यामा रहेका प्रह्ररीले आन्दोलनकारीलाई तितरवितर बनाएकाे मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्