पत्रकार महासङ्घ मोरङद्वारा कारबाहीको माग

<span class='c1'>पत्रकार महासङ्घ मोरङद्वारा</span> <span class='c2'>कारबाहीको माग</span>

 

(मोरङ), २४ भदौ, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टले पत्रकारमाथिको आक्रमण तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष विष्टद्वारा बुधबार जारी विज्ञप्तिमा तत्काल जलाइएको तथा तोडफोड भएका पत्रकारहरुका सवारी साधनको क्षतिपूर्ति तथा पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गरिएको छ ।

मधेस आन्दोलनका क्रममा पछिल्लो समयमा आन्दोलनरत पक्षले पत्रकारलाई लक्षित गर्दै आक्रमण गर्ने क्रम बढ्दै जान थालेपछि पत्रकार महासङ्घ मोरङले चिन्ता व्यक्त गरेको हो ।

महासङ्घले पत्रकारहरुलाई निर्वाध फिल्डमा काम गर्ने वातावरण नबनाउँदासम्म फिल्डमा गएर काम नगर्न भनिएको छ । पत्रकारमाथिको आक्रमण बढेको तथा पत्रकारहरु जोखिममा रहेकाले आफ्नो सुरक्षाको ग्यारेन्टी नहुँदासम्म फिल्डमा ननिस्कन आग्रह गरेको हो ।

आन्दोलनका क्रममा हिमालय टाइम्सका क्षेत्रीय प्रमुख निर्मल ढुङ्गाना, मकालु टेलिभिजनका निर्देशक दिपेश सुवेदी तथा नागरिक दैनिकको पत्रिका बोकेको गाडीमा समेत बन्दकर्ताले तोडफोड तथा आगजनी केही दिनअघि नै गरिसकेका छन् ।

त्यस्तै, पत्रकार नवीन कर्ण चढेको को ८ प २२३९ नंको मोटरसाइकललाई आन्दोलनकारीले रोकेर जलाउनुका साथै सञ्चारकर्मी जीतेन्द्र ठाकुरलाई ढुङ्गा प्रहार गरी घाइते बनाएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्