बिराटनगर मोरगं लायन्स क्लबका नया नेतृत्वलाई पदस्थापना

बिराटनगर मोरगं लायन्स क्लबका नया नेतृत्वलाई पदस्थापना

 

बिराटनगर, २५ भाद्र । स्थापना भएको बर्षमा नै ‘सेवामा १०० दिन’ नाराका साथ ईतिहास कोर्न सफल रहेको बिराटनगर मोरगं लायन्स क्लबले बर्ष २०१५÷१६का लागि छनोट भएका नया नेतृत्वलाई भब्य समारोहका बिच पदस्थापना गरेको छ । करिब २०० जना उपस्थित रहेको सो समारोहमा डिष्ट्रिक ३२५ ए वान का गर्भनर लायन शुनिल भक्त श्रेष्ठले नव नियुक्त पदाधिकारीहरुलाई सपथ ग्रहण गराए । कल्बका नया नेतृत्वमा अध्यक्ष लायन मिलन पौडेल, प्रथम उपाध्यक्ष लायन डा.बालकृष्ण साह, दोस्रो उपाध्यक्ष लायन डा. असीत घिमिरे, सचिव लायन नवीन लामिछाने, कोषाध्यक्ष लायन ममता श्रेष्ठ लगायत १९ सदस्यको कार्यसमिती गठन गरेको नवनियुक्त सचिव लायन नवीन लामिछानेले बताए । नवनियुक्त अध्यक्ष लायन मिलन पौडेलले गत बर्षको उतकृष्ट कार्यक्रमहरुलाई निरन्तरता दिदै ‘reach to unreach’ अर्थात सेवा न पुगेको दुर्गम क्षेत्रमा कार्यक्रमहरु गर्ने लक्ष्य रहेको बताउदै आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भयो । कार्यक्रममा संस्थापक अध्यक्ष लायन बिकाश अधिकारीले नवनियुक्त अध्यक्षलाई कार्यकालको अनुभव सुनाउदै पुर्ण सफलताको शुभकामना दिनु भयो । सो कार्यक्रममा गत बर्षका डिष्ट्रिक गर्भनर लायन भीम घिमिरे, दोस्रो उपडिष्ट्रिक गर्भनर लायन लिला ढुगेंल तथा लायन लिडर राजन श्रेष्ठ, राजन खत्री र लियो डिस्ट्रक उपाध्यक्ष लियो एलिसा तिम्सिना ले शुभकामना मन्तब्य राख्नु भएको थियो । सोहि कार्यक्रममा लियो क्लब बिराटनगर मोरगंको पनि पदस्थापना भएको थियो । सस्थापक अध्यक्ष लियो सुभाष भण्डारी ले आफु ले बर्ष भरी गरेका कार्यक्रम बारे मा प्रकाश पार्नु भएको थियो भने नब नियुक्त अध्यक्ष नयन झा लाई आफ्नो नेतृत्व हस्तान्तरण गर्नु भएको थियो ।नब नियुक्त अध्यक्षले आफ्नो कार्यकाल मा बिधालय स्वास्थ शिक्षा कार्यक्रम ,रक्तदान सम्बन्धि कार्यक्रम ,छात्रवृत्ति बितरण , लगायत विभिन्न कार्यक्रम गर्ने कुरा बताउनु भयो ।।।सो कार्यक्रममा लायन डा. बालकृष्ण साहले धन्यवाद ज्ञापन गर्नु भयो भने कार्यक्रम सञ्चालन लायन नवीन लामिछानेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्