दुई लाख बढी विद्यार्थीको भविष्य अन्योलमा

<span class='c1'>दुई लाख बढी</span> <span class='c2'>विद्यार्थीको भविष्य अन्योलमा</span>

 

मोरङ , २५ भदौ - लगातार झन्डै एक महिनादेखिको बन्दले मोरङका एक हजार विद्यालयका दुई लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

जिल्ला शिक्षा कार्यालय मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी जयनारायण महतका अनुसार १३७ सामुदायिक विद्यालयका एक लाख २७ हजार र संस्थागत ३८४ विद्यालयका एक लाख ३० हजार विद्यार्थी लगातार तीन हप्तादेखि विद्यालय बन्द भएपछि पढाइबाट वञ्चित भएका हुन् ।

जिल्ला शिक्षा कार्यालय मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी महतले ग्रामीण क्षेत्रका सामुदायिक विद्यार्थीहरु निर्वाध रुपमा चलेको तर बजार क्षेत्रका ६५ हजार विद्यार्थी पढाइबाट प्रभावित भएको बताउनुभयो ।

त्यस्तै प्याब्सन मोरङ अध्यक्ष टीकाराम ढकालका अनुसार जिल्लामा सञ्चालित ३८४ संस्थागत विद्यालयका एक लाख ३० हजार विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । अध्यक्ष ढकालले दलहरुले नै विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेर कार्यान्वयन नगर्दा विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभयो । उहाँले कुनै पनि संस्थागत विद्यालयले विद्यालयमा पठनपाठन सञ्चालन नगरेको उल्लेख गर्नु भयो ।

आन्दोलनरत संयुक्त मधेसी मोर्चाको एक पार्टी सङ्घीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले विद्यालय खुलाउने विषयमा सकेसम्म पहल गर्ने बताउनुभयो ।

विद्यालय बन्द भएपछि विद्यार्थी अन्योलमा परेको अविभावकहरु बताउँछन् । अविभावक सङ्घका पूर्वाञ्चल संयोजक देवी पन्थीका अनुसार विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले पढेका कुरा समेत बिर्सिसकेको बताउनुभयो । उहाँले चाँडोभन्दा चाँडो विद्यालय सञ्चालन गर्ने वातावरण बनाइदिन आन्दोलन पक्ष र सरकारसँग माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्