प्रेस युनियन अध्यक्ष नवोदित कोरिया जाने

<span class='c1'>प्रेस युनियन अध्यक्ष</span> <span class='c2'>नवोदित कोरिया जाने</span>

विराटनगर, २६ भदौ । नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित दक्षिण कोरिया जाने भएका छन् । आईक्याप मिडिया फोरमको निमन्त्रणमा अध्यक्ष नवोदित सोमबार कोरियाको राजधानी सोल प्रस्थान गर्ने कार्यक्रम छ । सेप्टेम्वर १६ तारिखदेखि हुने मिडिया फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा एसियाका विभिन्न मुलुकका पत्रकारहरु सहभागी हुने जनाइएको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नेपालबाट अध्यक्ष नवोदित र पत्रकार रामप्रसाद दाहालले सम्मेलनमा सहभागिता जनाउनेछन् । सम्मेलनपछि आयोजकले आमन्त्रितहरुलाई कोरियाका विभिन्न सञ्चारगृहसहित नेशनल पार्क, औद्योगिक क्षेत्रलगायतका महत्वपूर्ण स्थलहरुको अवलोकन भ्रमण गराउनेछ । सम्मेलन आईक्याप मिडिया फोरम सोल घोषणापत्र जारी गर्दै १९ तारिखमा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्