कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक प्रेसरकुकर बम भेटियो

कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक प्रेसरकुकर बम भेटियो

सिरहा– सिरहाको जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिका ७ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक अघि साँझ प्रेसरकुकर बम भेटिएको छ । जिल्ला कृषि विकास कार्यालय नजिकै रहेको कांग्रेसको कार्यालय अगाडिको पर्खालमा राखिएको बम बिष्फोट हुन नपाउँदै नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पाज गरेको प्रहरीले जनाएको छ । पार्टी कार्यालय नजिकै बम भेटिएको सूचना पाएपछि पुगेको नोपली सेनाको टोलीले सुरक्षित रुपले बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए । पार्टी कार्यालय नजिकै भेटिएको बम डिस्पोज गरिएको भएपनि स्थानीय बासिन्दा त्रसित बनेका थिए । यसैबीच, सिरहाको पूर्व पश्चिम सडकको दायाँ वायाँ दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको भएपनि सिरहाको गोलबजार र मिर्चैयामा प्रदर्शन भएको आन्दोलनकारी मधेशी मोर्चाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्