प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै

<span class='c1'>प्रधानमन्त्री शाह र भारतीय समकक्षी</span> <span class='c2'>मोदीबीच आज द्विपक्षीय वार्ता हुँदै</span>

काठमाडौं । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । सो अवसरमा उनलाई गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् । राजघाटको कार्यक्रमपछि उनी हैदरावाद हाउस पुग्नेछन्, जहाँ भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्