प्रहरीद्वारा गाँजाको बोट नष्ट

प्रहरीद्वारा गाँजाको बोट नष्ट

भोजपुर, भाद्र २८

भोजपुर जिल्लाको सदरमुकामस्थित अन्दाजी चार रोपनी जग्गामा उम्रिएको लागुऔषध गाँजाको बोट प्रहरीद्वारा नष्ट गरिएको छ।

भोजपुर नगरपालिका १० मोरियास्थित मिरा बोगटी, तिर्थ कुमारी श्रेष्ठ र तारा बोगटीको खाली रहेको चार रोपनी जग्गामा उम्रिएको करिब पाँच सय वाट गाँजाका बोटहरु प्रहरीले गत भाद्र २५ गतेका दिन नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राज कुमार लम्सालको नेतृत्वमा गएको टोलीले उक्त बोटहरुलाई काटेर आगो लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्