प्रेम देवान
विराटनगर २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयका बोर्डहरुमा मधेस सरकार लेख्न थालेका छन् । मोर्चाका कार्यकर्ताले विराटनगरमा रहेका क्षेत्रीय पशु निर्देशनालय, क्षेत्रीय सिचाइँ कार्यालय, जिल्ला पशुसेवा कार्यालय, सुनसरी मोरङ सिचाइ आयोजना तथा विराटनगर–१८ स्थित वडा समितको कार्यालयको बोर्डमा नेपाल सरकार मेटाएर मधेस सरकार लेखेका छन् ।