विराटनगरका होटल यतिखेर सुनशान

<span class='c1'>विराटनगरका होटल</span> <span class='c2'>यतिखेर सुनशान</span>

 

विराटनगर २८ भदौ । लामो समय देखी यातायत नचल्दा पर्यटक आउन छाडेपछी भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल सुनसान भएका छन् ।

विभिन्न सीमा नाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटकको मात्रा शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल सङ्घले जनाएको छ । बिभिन्न पार्टी र समूहले बन्द जारी राख्दा जिल्लाका होटलहरुको व्यवसाय चौपट भएको हो ।

साना ठूला सबै होटलहरुमा बन्दका कारण ग्राहक नआउँदा होटल ब्यावसायनै धरासायी बन्दै गएको छ । साना होटलहरुमा मात्रै होटल संञ्चालनमा आउन नसक्दा दैनिक १५ देखि २० हजारको घाटा बेहोरीरहेको होटल ब्यावसायीहरु बताउँछन् । यता थ्रि स्टारका रुपमा रहेका बिराटनगरका होटल जेनियलमा एक महिनामा मात्रै ५० देखि ७० लाख सम्मको घाटा भएको होटल जेनियलका म्यानेजर किशोर निरौलाले बताए । त्यस संगै होटल ब्यावसायी हरु दोहोरो घाटा बेहोर्न बाध्य भएको समेत बताए ।त्यसोत बन्दकै कारणले होटलमा मज्दुरी गर्ने हरुको समेत दैनिकि धरासायी बन्दै गएको छ ।

जिल्लामा रहेका ठूला लगानीका झण्डै एक दर्जन होटलहरु अहिले बन्दको मारमा परेका छन् । मधेस केन्द्रित दलले आह्वान गरेको लगातार एक महिनादेखि विराटनगर बन्दका कारण यहाँका होटल व्यवसायीलाई चार अर्ब घाटा भएको छ । पछिल्लो समय विभिन्न धार्मिक महोत्सव चलिरहेकाले दैनिक दुई हजारको सङ्ख्यामा पर्यटक आउने गरेका थिए । विराटनगरमा ठूला र साना गरेर झन्डै एक सयको हाराहारीमा होटल सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्