विराटनगरमा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न

<span class='c1'>विराटनगरमा युवा संघको अगुवा</span> <span class='c2'>कार्यकर्ता भेला सम्पन्न</span>

बिराटनगर भदौ २९

सामाजिक सद्धभाव कायम गर्न भन्दै विभिन्न कार्यक्रम गर्दै आएको एमाले निकट युवा संघ नेपालले राष्ट्रिय सद्धभाव जागरण अभियान अन्तर्गत आज विराटनगरमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलामा वोल्दै युवा संघका प्रवक्त एंव अभियानका उत्तप्रेरक प्रभात विक्रम कटुवालले, आपसी सद्धभाव कायम राख्दै राष्ट्रिय एकताका लागी देशभर अभियान अन्तर्गत विभिन्न कार्यक्रम संचालन भइरहेको बताउनुभयो । एमाले केन्द्रिय सदस्य डा शिवमाया तुम्वाहाम्फेले नेपाली जनताले चाहे जस्तो संविधान आउन लागेकाले अव मुलुकले गति लिने बताउनुभयो । उहाले संविधान आउने शुनिश्चित भएकाले आन्दोलन भन्दापनी वार्ता र छलफलवाट सवै समस्याको निकास खोज्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले मोरंङ अध्यक्ष महेश रेग्मीले असोज–३ गते आउने संविधानमा सवै जातजातीको भावना समिटिने भएकाले सवै मिलेर मुलुकको विकास निमार्णमा अग्रसर हुनुपर्ने बताउनुभयो । युवासंघका केन्द्रिय सदस्य पर्शुराम वस्नेतले, ६५ वर्षपछी नेपाली जनताको सपना पुरा हुन लागेकाले संविधान जारी भएपछी एकहप्ता सम्म युवा संघले दिपावली गर्ने तयारी गरि रहेको बताउनुभयो । कार्यक्रममा एमालेका नेता वावुराम कार्की, रुपेश खतिवडा, रवीन थापा तथा अभियाका सुनसरी उत्तप्रेरक देवानन्द मेहताले नेपाली जनताले नया संविधान पाउने ग्यारन्टी संगै आम नेपालीमा उत्साह छाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्