वन्दका कारण पुर्वाञ्चलमा ६० अर्वको नोक्सान

<span class='c1'>वन्दका कारण पुर्वाञ्चलमा</span> <span class='c2'>६० अर्वको नोक्सान</span>

बिराटनगर भदौ २९

मधेस केन्द्रित राजनीतिक दलले एक महिना देखिको आह्वान गरेको वन्दका कारण पुर्वाञ्चलमा विभिन्न क्षेत्रमा अहिले सम्म ६० अर्वको नोक्सान भएको छ । पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालका अनुसार पुर्वाञ्चलमा दैनिक दुई अर्ब नोक्सान भएको र अहिले सम्म एक महिना बन्दले पुर्वाञ्चलका ब्यापारीहरुले ६० अर्बको नोक्सान बेहोर्नु परेको जानकारी दिनुभयो । अध्यक्ष दुलालका अनुसार पुर्वाञ्चलको झापा, मोरङ, सुनसरी,सप्तरी , सहतिका पुर्वाञ्चलका १६ जिल्लाका उद्योगिहरु ठुलो नोक्सानी बेहोरेका छन । अध्यक्ष दुलालका अनुसार उद्योग, ब्यपार , ट्यामरेज शुल्क, मजदुर, कर्मचारीको तलब, बिजुली, बैकको ब्याज ,पर्यटन , यातायात, शैक्षिक संस्था,समेतको गरेर अहिले सम्म पूर्वाञ्चलमा ६० अर्ब नोक्सान भएको हो । उद्योगी व्यवसायीले वन्दको प्रतिकार गरेपनि उद्योग धन्दा, व्यापार व्यवसाय खोल्ने वातावरण हुन नसक्दा उद्योगी व्यवसायी ‘गर या मर’ को स्थितिमा पुगेका हुन । एकपछि अर्को राजनीतिक दल र गैर राजनीतिक समूहले वन्द आह्वान गर्दा उद्योगी व्यापारी र मजदुर र सर्वसाधारण समस्यामा परेका छन । पुर्वाञ्चलको मुख्य औद्योगिक करिडोर क्षेत्र सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका ५ सय वढी उद्योगले करिव दैनिक १५ करोडको हाराहारीमा नोक्सानी बेहोेर्दै आएका छन । वन्दका कारण उत्पादन ठप्प भएको छ । उद्योगमा राखीएको कच्चा पदार्थ पनि नष्ट भएर जान थालेको छ ।०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्