राष्ट्रिय बाल दिवस अवसरमा बिभिन्न कार्यक्रम

<span class='c1'>राष्ट्रिय बाल दिवस</span> <span class='c2'>अवसरमा बिभिन्न कार्यक्रम</span>

बिराटनगर भदौ २९

राष्ट्रिय बाल दिवस २०७२ को अवसरमा बिद्यालय भित्र तथा बाहिर रहेका बालबालिकाहरुमा शिक्षा प्रतिको चासोमा अभिबृद्धि होस् भन्ने उद्देश्यले जिल्ला बाल संजाल मोरंग, बाल एवं महिला विकास केन्द्र तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल, मोरंग ए.डि.पी.को साझेदारीमा संचालन भई रहेको मोरड्ड शिक्षा परियोजना अन्तर्गत मा.बि.र नि.मा.बि. स्तरीय ७ विद्यालयमा अध्ययनरत छात्र, छात्राहरु बिच प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलापहरु संचालन तथा पुरस्कार बितरण कार्यक्रम गरी मनोबल बढाउने हेतुले  श्री बेगन लाल नि. मा. बि. लखन्तरीमा सम्पन्न भएको छ ।  bal diwas

उक्त कार्यक्रममा सहभागी भएका बिद्यार्थीहरुलाई हौसला तथा उत्प्रेरणा प्रदान गर्नको लागि जिल्ला बाल संजाल, , स्थानिय बाल क्लबका पदाधिकारी, वेल, वल्र्ड भिजन ईनटरनेश्नल नेपालका प्रतितिनिधि लगायत बिभिन्न बिद्यालयका प्र.अ साथै शिक्षक, अभिभावक र दर्शक बिद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । हाजिरीजवाफ प्रतियोगितामा श्री बेगन लाल नि.मा.वि लखन्तरी प्रथम, श्री सरस्वती उच्च मा.वि. झोराहाट दोस्रो र श्री लक्ष्मी नि.मा.वि. भौडाहा तेस्रो भएका थिए । त्यसै गरी “ दिगो विकासको लागि गुणस्तरीय शिक्षा, सबैको लागि सुरक्षित संस्था ” विषयमा भएको बकतृत्वकला प्रतियोगितामा श्री सरस्वती उच्च मा.वि.झोराहाटकी बबिता पहाडी प्रथम, श्री बीरेन्द्र मा.वि. लखन्तरीकी स्मृति कुमारी माझी द्धितिय, श्री बेगन लाल नि.मा. वि.का पुष्पराज बहिदार तृतिय र श्री लक्ष्मी नि.मा.वि. भौडाहाकी बिनिता राजवंशीले सान्तवना पुरस्कार पाएका छन । त्यसै गरी नृत्य प्रतियोगितामा सरस्वती उच्च मा.वि. झोराहाट प्रथम, श्री सुन्दर नि.मा.वि.भौडाहा द्धितिय, र श्री बिरेन्द्र मा.वि.लखन्तरी तृतिय भएका छन् ।कार्यक्रममा झोराहाट नाटय समुहले बाल अधिकार संरक्षण सम्बन्धि “ ओईलाइएको फुल ” नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विजयी विद्यालयहरुलाई वल्र्ड भिजनको सहयोगमा काउडेकले ट्रफी, मेडल, डिक्सनरी, कापी, पुरस्कार वितरण गरेको हो । कार्यक्रममा प्र.अ. कृष्णहरी घिमिरेले सहभागी विद्यालय र बालबालिकाहरुलाई स्वागत गर्दै बालदिवसको बारेमा चर्चा गर्नु भएको थियो सोही कार्यक्रममा परियोजना संयोजक योगेन्द्र चौधरीले बाल दिवसको औचित्य माथी प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको संचालन बाल क्लबकी कृतिका दाहाल, बिक्रम माझी र शिक्षक श्याम न्योपाने ले गर्नुभएको थियो । कार्यक्रममा ५०० बालबालिकाहरुको सहभागिता रहेको चौधरीले बताउनु भयो ।
त्यसै गरी गाउँ बाल संरुक्षण सम्बद्र्धन उपसमिती शिशवनी बडहराले पनि गा.वि.स.मा अवस्थित पाँच विद्यालयहरुको बालबालिकाहरुको लागि विभिन्न अतिरीक्त क्रियाकलापहरु संचालन गरी बाल दिवस मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्