झडपको स्थिति निम्तिएपछि कैदीबन्दी सारियो

झडपको स्थिति निम्तिएपछि कैदीबन्दी सारियो

पाँचथर, ३० भदौ । जिल्ला कारागारबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कैदीबन्दीबीच नै आपसमा विवाद हुँदा झडपको स्थिति निम्तिएपछि कैदी र बन्दी गरी १४ जनालाई मङ्गलबार स्थानान्तरण गरिएको हो । तीमध्ये इलाम कारागारमा तीन र क्षेत्रीय कारागार झुम्का सुनसरीमा ११ जनालाई स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सोमबार कारागारमा क्यान्टिनमा खाना र खाजाको शुल्क महँगो भएको विषयमा विवाद हुँदा झडप भएको थियो । सो क्रममा कारागारका चौकीदार टेकनाथ रिजाल, प्रेमजङ्ग केरुङलगायत घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्