दिलदार र मनकारी सहयोगिको पर्खाइमा शिवलाल

दिलदार र मनकारी सहयोगिको पर्खाइमा शिवलाल

 

विजय धिमाल
उर्लावारी २९ भदौ

उमेर छँदा त होनी खाउँखाउँ, लाउँलाउँ बुढेसकालले छोएपछि कस्को नै पो लाग्छर । तर कोहीकोही व्यक्ति त्यस्ता पनि हुन्छन उमेर मात्रै त बुढो होनी मन बुढो छैन भन्नेहरु । उमेर र मन तन्द्रुस्त भएपनि रोगले च्यापेपछि कसैको केही नलाग्दो रहेछ । रोग सगँ लड्ने क्षयमता उमेर र मन नै हो तर यी दुई भन्दा उच्च रोगले च्यापेपछि केही नलाग्दो रहेछ । सम्पति हुनेलाइ त ठिकै छ नहुनेलाई धेरै गाह्रो ।
त्यस्तै दमक १७ नलवारी सुकुम्बासी टोलका ३१ वर्षीय शिवलाल ताजपुरीया (सागर) आर्थिक अभावका कारण २ माहिना देखि सुगर रोगले थलिएका छन् । एक्दमै आर्थिक अवस्था कम्जोर ज्यालामज्दुरी गरी खाने परिवार भएका व्यक्ति हुन उनि । उनले उर्लावारी स्थित विभिन्न काष्ठ मिलरुमाज्याला मज्दुरी गर्दै आफ्नो परिवार सम्हाल्दै आएका हुन् । हट्टकट्ट हुदाँ समान्य सुगर रहेको र त्यति ख्याल नगरेको पछि गएर हालको अवस्थामा पुग्न गएको बताउछन शिव । हाल सुगरका उच्च विरामले देब्रे खुट्टामा एक्दमै डरलाग्दो घाउ देखा पर्नुको साथै मृगौलामा समस्या समेत परेको उपचारको क्रममा डाक्टर बताएको शिवको आमा बताउछन् । उन्को परिवार भित्र गर्भवती श्रीमति, ३ र ५ वर्षको दुइवटा नानि र आमा, भाई रहेकाछन् । उपचारको क्रममा पहिले मोरङको निमेश पब्लिक हस्पिटल कर्सिया, त्यस्तै कोशी अञ्चल हस्पिटल बिराटनगर र नोवेल हस्पिल बिराटनगर सम्म पुर्याइ सकेकाछन् । हस्पिटल सम्म पुर्याउदा छिमेकी संग अलिअलि ऋण गर्दै र आफु संग भएको केहि रकम जोडजाम गर्दै लगभग एक लाख खर्च भइसकेको शिवको आमा बताउछन् । रकम भए उपचार हुने डाक्टरले आश्वाशन देखाएपनि हाल उनिहरुसंग सुक्को पैसा नरहेको आमा बताउछन् । र हाल दैनिक घाउको ड्रेसिङ गरेवापत औषधि सहित पन्द्र सय खर्च हुने गरेको भाइ मनकुमारले बताए । गाउँघरमा रकम संकलन समेत गरेका हुन तर त्यस रकमले केहि साहिता त मिल्यो सोचे जस्तो हुन सकेना ।
हाल विरामि र विरामिका परिवार आर्थिकको चपेटामा परेको हुँदा दिलदार र मनकारी सहयोगिको व्यक्तिहरुको पर्खाइमा रहेकाछन् । कहाँ छन ति व्यक्तिहरु यो संसारमा पक्कै कोही त छन होलानि ?
बृस्तृत जानकारीका लागि
विरामिको श्रीमति अनु ताजपुरीया ः ९८१०२०३७९३
विरामिको भाई मनकुमार ताजपुरीया ः ९८०७०९७८२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्