सुनसरीबाट हतियार, गोली तथा बिष्फोटक पदार्थ बरामद

सुनसरीबाट हतियार, गोली तथा बिष्फोटक पदार्थ बरामद

सुनसरी, भाद्र ३० गते।

सुनसरी जिल्लाको भोक्राहा गाविसस्थित एक घरबाट कटुवा पेस्तोल, बिष्फोटक पदार्थ र सिके राउतको स्वतन्त्र मधेस गठबन्धन पार्टीको दस्तावेजहरु बरामद भएको छ।

प्रहरीले मंगलबार भोक्राहा गाविस ६ बस्ने देबराम यादवको घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड राईफलको गोली, एक थान सकेट बम, जिआई पाईपका टुक्राहरु र बिजुलीको तारका टुक्राहरु बरामद गरेको हो।

उनको घरबाट अधुरो मधेश यात्रा, संघिय नेपाल स्वायत्त मधेश प्रदेश नामक ५ थान किताब, मधेश छुट्याइएको नेपालको एक थान नक्सा, मधेश अपना देश लेखिएको ब्यानर र डा. सिके राउतको फोटोसमेत बरामद भएको छ।

यादवको घरमा हतियार तथा बिष्फोटक पदार्थ लुकाई राखेको छ भन्ने गोप्य सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लौकहीको सँयुक्त टोलीले मंगलबार सांझ उनको घरमा छापा मारेको थियो।

घर धनि यादव फरार रहेकाले उनको खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्