बिराटनगरको सुरक्षा कडा बनाइयो

बिराटनगरको सुरक्षा कडा बनाइयो

बिराटनगर भदौ ३०

संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सीमांकन लगायतका माग राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत विभिन्न स्थानमा शक्ति प्रदर्शनमा उत्रने क्रमलाई तिव्रता दिइरहेकाबेला पूर्वमा सुरक्षा सतर्कता पनि बढाइएको हो ।विराटनगरका सबै नाकामा बुधबारबाट खानतलासी र चेकजाँचलाई तिव्रता दिइएको छ । मधेस केन्द्रीत दलले बुधबार लाठी जुलुस प्रदर्शन गर्ने जनाउ दिएपछि सुरक्षा कडा पारिएको हो ।

बिहानैदेखि बरगाछी, घिनाघाट, रानी, कटहरी नाकामा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । मोटरसाइकल, साइकल र शरीर तथा झोला खानतलासी गरेर मात्रै नगर प्रवेश गर्न दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रमोदकुमार खरेलले सुरक्षा संबेवदनशीलतालाई मध्यनजर गरी सुरक्षा कडा पारिएको जानकारी दिए ।

बुधबार राजवंशी समुदायले पनि विराटनगरमा राजधानी कायम हुनुपर्ने माग राख्दै जुलुस तथा सभा गर्ने तय गरेका छन् ।

कार्यक्रममा भाग लिन गाउँगाउँबाट मानिसहरु ट्याक्टरमा बसेर विराटनगर आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्