विराटनगरमा पनि विशेष तिजको लहर छाउदै

विराटनगरमा पनि विशेष तिजको लहर छाउदै

प्रेम देवान

विराटनगर ३० भदौ । ब्रत बसेर भगवान शिवको आराधनासहित हिन्दु नारीहरुले महान चाड तीज आज मुलक भर नै मनाइरहेका छन् ।

हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दीप, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ ।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी यस दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन् ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने ब्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन रहेको विराटनगर १७ की व्रत बसिरहेकी सिता कार्कीले बताईन । तर विगत लामो समय देखीको बन्दले गर्दा आफनो माईती घर जान नपाएको गनासो गरिन् ।

तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन रहेको पुर्वाअञ्चल वालसेवा आश्रमकी सस्थापक अध्यक्ष सिता पोखरेलको भनाई छ । यस चाडलाई नारी स्वतन्त्रताको प्रतीकका रुपमा पनि लिने गरेको बताउनुहुन्छ ।

सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाले विराटनगर १७ स्थित सैनिक टोल नहर मनोकामेश्वर शिव मन्दिर, कोशी प्रोजेक्टमा रहेको सिद्धेश्श्वर शिव मान्दिर , देवकोटाचोकस्थित बनस्खण्डी मन्दिर, बरगाछीको बासुकी मन्दिर, मेनरोडको शिव मन्दिर, पोखरियाको परोपकारघाटस्थित शिव मन्दिरमा पुजा गर्नेको घुइँचो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्