६५ वर्षपछी नेपाली जनताको सपना पुरा भएको भन्दै दिप प्रज्वलन

६५ वर्षपछी नेपाली जनताको सपना पुरा भएको भन्दै दिप प्रज्वलन

प्रेम देवान
विराटनगर ३१ भदौ ।
नेपालको संविधान २०७२ पारित भएको खुशियालीमो मोरंगको उर्लावारीका सर्वसाधारणले गएराती दिप प्रज्वलन गरेका छन । अव नया संविधान आउने शुनिश्चित भएको भन्दै ठुलो संख्यामा सर्वसाधारण भेलाभइ दिप प्रज्वलन गरेका थिए ।
स्थानिय वुद्धिजिवी , राजनितिकदलका प्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारण मिलेर दिपप्रज्वलन गरेका थिए । यसैगरी संविधान पारित भएकोमा मोरंग व्यापारसंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले खुशी व्यक्तगर्दै अव मुलुकमा स्थाइत्व कायम भइ आर्थीक क्रान्ती आउने बताउनु भयो । संविधान पारित भए संगै लगानीको थप वातावरण वनेकाले अव असन्तुष्टदलहरुलाइपनी साथमा लिएर नया संविधान जारी गर्नुपर्ने उहाको भनाइ थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गणेश लम्सालले ६५ वर्षपछी नेपाली जनताको सपना पुरा भएको बताउदै तराइमा भइरहेको वन्द हडताल अनत्यका लागी नेपाल सरकार र शिर्ष नेताहरुले पहल शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाले नया संविधान बनेपछी मुलुकले विकासको गतीमा फडको मार्ने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्