मधेशी मोर्चाले संविधान जारी हुने दिनलाई कालो दिनका रुपमा मनाउने

<span class='c1'>मधेशी मोर्चाले संविधान जारी हुने</span> <span class='c2'>दिनलाई कालो दिनका रुपमा मनाउने</span>

काठमाडौं, भदौ ३१ :

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान जारी हुने दिनलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेको छ । चार दलीय मोर्चाको   तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले मधेश आन्दोलनलाई उपेक्षा गरेर संविधान पारित गरिएको भन्दै संविधान जारी हुने असोज ३ गतेलाई  कालो दिनका रुपमा मनाउने निर्णय गरेको हो । मोर्चाले संविधान जारी हुने दिन मुखमा कालो पट्टि वाँधेर मौन जुलुस प्रदर्शन गर्ने र साँझ सातदेखि ८ बजेसम्म १ घण्टा देशभर ब्ल्याक आउट गर्ने घोषणा पनि गरेको छ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले संविधान जारी हुने दिन देशभर दिपावली गर्न आफ्ना पार्टी पंक्तिलाई निर्देशन दिएकोमा मोर्चाले दिपावलीलाई प्रभावित पार्न ब्ल्याक आउटको घोषणा गरेको हो । मोर्चाले असोज ४ गते जुलुस प्रदर्शनसहित संविधान जलाउने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्