मोदीका दूत काठमाडौं आउँदै

मोदीका दूत काठमाडौं आउँदै

 

३१ भदौ, काठमाडौं । नेपालको संविधान निर्माण प्रक्रियामा मधेसी समुदायलाई समेट्नुपर्ने बताउँदै आएको भारतले अकस्मात् आफ्नो विशेष दूत काठमाडौं पठाउने निर्णय गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर विदेश सचिव एस. जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौं आइपुग्ने छन् ।

काठमाडौं आएपछि जयशंकरले बिहान १० बजे प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्ने समय मिलाएको स्रोतले बतायो । कोइरालासँग भेट गरिसकेपछि मोदीका दूतले शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवलाई पनि भेट्ने कार्यक्रम छ ।

नेपालबारे दिल्लीमा छलफल

स्रोतका अनुसार विहीबार अपरान्ह भारतीय प्रधानमन्त्री मोदीले आफ्ना विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव जयंकर र नेपालका लागि भारतीय राजदूत रञ्जित रायसँग नेपालको मामिलाबारे गम्भीर छलफल गरेका थिए ।

सो छलफलपछि प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा विदेश सचिव जयशंकरलाई काठमाडौं पठाउने निर्णय भएको स्रोतले बतायो ।

नेपालको मामिला ‘क्रिटिकल’ भएको भन्दै राजदूत रायले दिल्लीमा कुरा राखेपछि मोदीले दूत पठाउन लागेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्